ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपलद्वारा आफ्नै छात्रालाई बलात्कार प्रयास - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपलद्वारा आफ्नै छात्रालाई बलात्कार प्रयास



ललितपुरको ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्की विरुद्ध आफ्नै स्कुलमा पढ्ने छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दाको जाहेरी प्रहरीमा दर्ता भएको छ। सोहि आरोपमा शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको थियो।

स्कुलकै छात्राबासको छतमा चुम्बन गरेर उनले बलात्कार प्रयास गरेको पीडित छात्राको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। जाहेरी दर्ता गरी म्याद थपका लागि कार्कीलाई अदालत लगिएकोमा अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको महानगरीय प्रहरी वृत्तले जनाएको छ।

कार्कीले भने छात्रालाई छतमा रोइरहेको देखेपछि उनलाई सम्झाउन गएको र यौन दुर्व्यवहार नगरेको दाबी गरेका छन्। ९ कक्षामा अध्यनरत ती छात्रा पढाइमा कमजोर भएकाले आफूले राम्रोसँग पढ्नका लागि सम्झाएको कार्कीले बताएका छन्।

घटनापछि छात्राले परिवारलाई खबर गरेकी थिइन्। परिवार प्रहरीकहाँ पुगेका थिए।