पूर्वराजा दम्पतीलाई अक्सिजन दिन थालियो - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

पूर्वराजा दम्पतीलाई अक्सिजन दिन थालियो



काठमाडौं- कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनीहरूको स्वास्थ्यमा समस्या देखिएपछि अक्सिजन सपोर्ट दिएर उपचार भैरेहेको जनाइएको छ।

कोभिडको विरामी र उमेरका कारण पनि राजदम्पत्तीलाई अक्सिजन सपोर्ट दिएर उपचार थालिएको बताइएको छ । पूर्वराजा शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।

हरिद्वारमा भएको कुम्भ मेलामा सहभागि भएर फर्केलगत्तै पूर्वराजदम्पतीलाई कोरोना संक्रमण भएको थियो। शाहलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।