पूर्व राजा ज्ञानेन्द्र भन्दा मकवानपुरका सुमार्गी धनी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पूर्व राजा ज्ञानेन्द्र भन्दा मकवानपुरका सुमार्गी धनी



पूर्व राजा ज्ञानेन्द्रभन्दा मकवानपुरका अजेयराज सुमार्गीसँग बढी धनसम्पत्ति भएको पाइएको छ।

नेपालका १० जना धनी मानिसमध्ये सुमार्गी चौथो नम्बरमा आइपुग्दा ज्ञानेन्द्र शाह भने १० औँ नम्बरमा परेका छन्। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

विश्वको चर्चित म्यागेजिन फोब्र्सले यस्तो हिसाव निकालेको हो। नेपालका धनीको पहिलो नम्बरमा विनोध चौधरी, दोश्रोमा शेष घले, तेश्रोमा उपेन्द्र महतो छन्।

सुमार्गीसँग २ सय मिलियन डलर सम्पत्ति रहेको फोब्र्सले जनाएको छ।

सुमार्गीले हेटौँडा लाइम उद्योग, एभरेष्ट मिनरल प्रोडक्ट, दुर्गा कोल्ड स्टोरेज, हिमालयन स्प्रिङ वाटर, इन्को प्यानल, अल इन वान मार्ट, मुक्तिश्री सिमेन्ट, हेटौँडा एकेडेमी, रेडियो थाहा सञ्चार, आँखु खोला हाइड्रो, मुक्तिश्री हस्पिटल, महालक्ष्मी बैँक र हेटौँडाको चुरेहिल अस्पतालमा लगानी गरेका छन्।