ज्ञानेन्द्र शाहले भने : देश कहालीलाग्दो बन्यो, यो राम्रो सङ्केत होइन - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

ज्ञानेन्द्र शाहले भने : देश कहालीलाग्दो बन्यो, यो राम्रो सङ्केत होइन



काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिनप्रतिदिन कमजोर बनिरहेको टिप्पणी गरेका छन्।

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै पूर्वराजा शाहले राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक युवामा देश छाड्ने आतुरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले राष्ट्र दिनप्रतिदिन कमजोर बनेको टिप्पणी गरेका छन्।

शुभकामना सन्देशमा पूर्वराजा शाहले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनु गम्भीर चिन्ताको विषय बनेको उल्लेख गरिएको छ। आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रक्रियाबाट आक्रान्त भएको कहालीलाग्दो दुखद अवस्था मुलुकमा देखा परेको पूर्वराजा शाहको भनाई छ।

मंगलबार प्रजातन्त्र दिवसका विभिन्न कार्यक्रम गरी मनाइँदै छ।