पूर्वराजा ज्ञानेन्द्र शाहलाई तनहुँमा भव्य स्वागत - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तनहुँमा भव्य स्वागत



तनहुँ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई बुधबार तनहुँमा भव्य स्वागत गरिएको छ।

शाह पारिवारिक भ्रमणमा पोखराबाट सडकमार्ग हुँदै काठमाडौँ फर्किने क्रममा दमौलीका राजवादी समर्थकहरूले स्वागत गरेका हुन्। तोकिएको समय भन्दा चार घण्टा ढिलो आएका पूर्व राजा ज्ञानेन्द्रलाई राप्रपा प्रजातान्त्रिकका नेता, कार्यकर्ता तथा सयौँ राजावादीले फूलमाला तथा खादाले स्वागत गरेका थिए।

खुशी हुँदै राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ताहरूले ‘गाउँघरमा सल्लाह छ’, ‘राजा ल्याउने हल्ला छ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा प्रजा एक हौँ’, ‘जनता कसको, राजाको’ लगायतका नारा लगाएका थिए।