ज्ञानेन्द्रलाई जेल ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ज्ञानेन्द्रलाई जेल !



काठमाडौं । राजावादी संगठन शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पूर्वराजा ज्ञानेन्द्रलाई जेल हालेर देखाउन गणतन्त्रवादीहरुलाई खुल्ला चूनौति दिएका छन् । स्व राजा विरेन्द्रको ७४औं जन्मजयन्तीका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले यस्तो चूनौति दिएका हुन् ।

शाही युवा शक्ति नेपालले राजधानीमा बृहत मोटरसाइकल र्याली समेत निकालेको छ । ललितपुरको लगनखेलबाट सुरु भएको मोटरसाइकल र्याली जाउलाखेलमा रहेको बिरेन्द्रको शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

मोटरसाइकल र्यालीमा १ हजार भन्दा धेरै मोटरसाइकल सहित युवाहरु सहभागी भएका अध्यक्ष खड्काले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनका अनुसार र्यालीमा सहभागीहरुले राजा आउ देश बचाउ भन्दै गणतन्त्र विरोधी नारा लगाएका थिए ।

विरेन्द्रको शालीकमा माल्र्यापण गरे पछि भएको कोण सभालाई सम्बोधन गर्दै खड्काले यहि पुष २७ गते हजारौ जनताको साथ सिंहदरबारमा भएका नेतारुपी भेडाहरुलाई बिस्थापन गरी राजसंस्था फर्काउने उद्धघोष गरेका छन् ।

खड्काले संसदमा शुक्रबार मात्रै पुर्व राजा ज्ञानेन्द्रको गतिविधी माथि प्रतिबन्ध लगाई नजरबन्दमा राख्नु पर्छ भन्ने आवाज उठेको भन्दै आँट भए आफुलाई जेल हालेर देखाउन चुनौती दिए । राजालाई जेल हाल्ने दिवा सपना नदेख्न पनी खड्काले चेतावनी दिएका छन् ।