देशको अवस्था देखेर निकै चिन्तित छु: पूर्वराजा ज्ञानेन्द्र - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

देशको अवस्था देखेर निकै चिन्तित छु: पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो स्वास्थ्यमा पुरै सुधार आएपनि देशको अवस्था गम्भीर भएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । उनले देशको पछिल्लो अवस्थाले आफू चिन्तित रहेको बताएका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्य राम्रो भएको जनाउँदै देशमा महामारीको रुपमा फैलिरहेको महामारीको कारण आफू चिन्तित रहेको बताएका हुन्। ‘अहिले हामी दुबै पूर्ण स्वास्थ्य लाभमा छौं तर देश तथा देश बाहिरको महामारीको अवस्थाप्रति चिन्तित छौं।’ उनले भनेका छन्।

सञ्जालमार्फत् नै उनले आफ्नो र पूर्व रानी कोमल शाहको स्वास्थ्य लाभका लागि शुभकामना दिने सबैप्रति आभार व्यक्त गर्दै महामारीमा खट्ने सबैलाई धन्यवाद दिएका छन्। ‘महामारीमा दिनरात आफनो दायित्व र मानवीय कार्य गर्र्ने सबै अग्रपंक्तिमा रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक कार्यकर्ताहरुमा हामी अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छौं।’ उनले भने।

पूर्व राजा शाहले महामारी जारी रहेकोले यसलाई नियन्त्रणका लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्नेमा समेत जोड दिएका छन्।