राजदूतमा नियुक्त भए ज्ञानचन्द्र आचार्य - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

राजदूतमा नियुक्त भए ज्ञानचन्द्र आचार्य



काठमाडौं– संयुक्त अधिराज्य बेलायतका लागि नेपालको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई बेलायतका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन्।

आचार्यलाई गत कात्तिक ११ गतेको मन्त्रिपरिषद् बैठकले बेलायतको राजदूतका लागि सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्‌को सिफारिसानुसार संसदीय सुनुवाइबाट अनुमोदन भएपछि आचार्य राजदूत नियुक्त भएका हुन्।