नारायणकाजीले भने: म गुटको होइन, नेकपाको प्रवक्ता हुँ - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

नारायणकाजीले भने: म गुटको होइन, नेकपाको प्रवक्ता हुँ



काठमाडौँ- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू नै पार्टीको प्रवक्ता रहेको बताएका छन् । उनले आफू कुनै गुटको प्रवक्ता नभएर पार्टीको आधिकारिक प्रवक्ता भएको समेत बताएका छन्।

नेकपाका पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले बोलाएको केन्द्रीय समितिको बैठक सकिएपछि श्रेष्ठले भने- म कुनै व्यक्ति र गुटको होइन, नेकपाको प्रवक्ता हो।

यसअघि बिहान बसेको नेकपाका केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको थियो।

प्रचण्ड र माधव समूहले आफुसँग पार्टीका दुई तिहाईभन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गरेका छन्।