कांग्रेसको गुटको आगो नेविसंघमा पनि दन्कियो ! - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

कांग्रेसको गुटको आगो नेविसंघमा पनि दन्कियो !



कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा समेत तीव्र विवाद देखिएको छ । निर्वाचन समीक्षाको निर्णय र पदाधिकारी चयनका विषयमा माउ पार्टीभित्र विवाद कायम रहेकै बखत भ्रातृ संगठन नेविसंघको समेत गुटगत विवाद सतहमा आएको हो ।

संस्थापन पक्षले आगामी १२औं महाधिवेशनको विषयमा छलफल गर्न भन्दै २८ र २९ वैशाखका लागि केन्द्रीय समिति बैठक बोलाएपछि महामन्त्री कुन्दनराज काफ्लेले समेत छुट्टै बैठक बोलाएका छन् ।

अध्यक्ष नैनसिंह महरले महाधिवेशनका विषयमा छलफल गर्न भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएपछि महामन्त्री काफ्लेले समेत अध्यक्षले मनोमानी ढंगबाट संगठनमा विधिविहीनताको अवस्था सिर्जना गराएको भन्दै १२औं महाधिवेशनलगायतका विषयमा छलफल गर्न बैठक डाकेका हुन् । काफ्लेले प्रदर्शनीमार्गस्थित बाल्मीकि क्याम्पसमा २० वैशाख बिहीबार (भोलि) का लागि बैठक डाकेका छन् ।

संस्थापन पक्षले गत बुधबार नै मिति र स्थानसहित बैठक आह्वान गरेको थियो भने महामन्त्री काफ्ले समूहले सोमबार मात्रै बैठक आह्वान गरेको हो । नेविसंघ अध्यक्ष महरले संगठनलाई ध्वस्त बनाउन चाहने तŒवले विगतदेखि नै संगठनमाथि खेलबाड गर्दै आएको र पछिल्लो बैठकको विषय त्यसकै संस्करण भएको बताए ।

‘संगठनलाई विगतदेखि नै ध्वस्त बनाउन केही तŒव सक्रिय रहँदै आएका छन्, त्यही तŒव अहिले पनि संगठनलाई कमजोर बनाउने मानसिकताबाट सक्रिय भइरहेका छन्,’ अध्यक्ष महरले राजधानीसँग भने । उनले १२औं महाधिवेशनको मिति ३१ असोजमा नै तय भइसकेको र २३ देखि २७ साउनसम्म जुनसुकै हालतमा पनि महाधिवेशन गर्ने प्रणसहित आफू अघि बढेको जानकारी दिए । तर, महाधिवेशन भाँड्ने रणनीतिसहित केही तŒव अघि बढेको उनको भनाइ छ ।

महामन्त्री कुन्दनराज काफ्लेले भने नेविसंघमा देखिएको विवाद समाधानका लागि संगठन र मातृ पार्टीको नेतृत्वसमक्ष गरिएका अनेक प्रयत्नको सुनुवाइ नभएपछि विधिवत ढंगबाट १२औं महाधिवेशनको मार्गचित्र निर्माण गर्न आवश्यक देखिएकाले केन्द्रीय समितिको बैठक बोलाइएको बताए ।

‘अध्यक्षज्यूबाट संगठनलाई ध्वस्त बनाउनेगरी विधि विधान र परम्परा तोडेर निर्णय हुँदै आयो, पटकपटकको आग्रह नेतृत्वले सुनेन, त्यसपछि माउ पार्टीको नेतृत्वसँग समेत बेथिति नियन्त्रणका लागि प्रयास गर्न आग्रह गरेका थियौं, हामीले विधिवत प्रक्रियाका लागि बैठक डाकेका हौं,’ महामन्त्री काफ्लेले भने ।

कांग्रेसले १६ पुसमा मनाउँदै आएको राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रमबाट नेविसंघमा दुई पक्षबीच विवाद देखिँदै आएको छ । मेलमिलाप दिवसको अवसर पारेर संस्थापन पक्ष, पौडेल पक्ष र सिटौला पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर नेविसंघभित्र विवाद रहेको देखाएका थिए ।

केही दिनअघि मात्रै पार्टी केन्द्रीय कार्यालयमा नै धर्ना दिएर काफ्ले समूहले नेतृत्वप्रतिको आक्रोशसहित १२औं महाधिवेशनको मिति र स्थान तोक्न माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र नै बुझाएका थिए ।
उनीहरूले ज्ञापनपत्रमार्फत सभापति देउवालाई २४ घण्टे अल्टिमेटम दिँदै अध्यक्ष महरले विधि, विधान र सहमतिविपरीत गरेका सम्पूर्ण असंवैधानिक निर्णय तत्काल खारेज गर्नुपर्ने मागसमेत गरेका थिए ।