गुठी विधेयक बारे बोले मेयर शाक्य - Himal Post Himal Post
  • १६ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 28 2026
Logo

गुठी विधेयक बारे बोले मेयर शाक्य



काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठी विधेयक तत्कालका लागि स्थगन गर्न सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु र पार्टी अध्यक्षहरुसँग गरेको छलफलमा मेयर शाक्यले यस्तो सुझाव दिएका हुन् ।

स्रोतका अनुसार छलफलमा मेयर शाक्यले गुठी उपत्यकाका नेवारी समुदायको सामाजिक परम्परा र सस्कृतिसँग पनि जोडिएको विषय भएकाले तत्कालका लागि स्थगन गरेर सबै सरोकारवालासँग छलफल गरी अघि बढ्दा उपयुक्त हुने सुझाव दिए ।

सुझाव दिने क्रममा मेयर शाक्यले गुठी उपत्यकाका नेवारी समूदायको परम्परा अनुसार जन्मदेखि मृत्युसम्म आवश्यक हुने भएकाले गुठी विधेयकको विषयलाई लिएर आन्दोलन चर्किरहेका बेला तत्कालका लागि स्थगन गरेर सबै सरोकारवालासँग छलफल गरी अघि बढ्दा उपयुक्त हुने बताए ।