गुठी सामन्तवादसँग जोडिएको छ : बास्कोटा - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

गुठी सामन्तवादसँग जोडिएको छ : बास्कोटा



काठमाडौं । सरकारले गुठी सामन्तवादसँग जोडिएको भन्दै यसको समस्या पनि समाधान गर्न सरकार लागिपरेको बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा गुठी, हलिया, कमलरीप्रथा सामन्तवादसँग जोडिएको उल्लेख गर्दै त्यहाँ रहेका समस्या पनि समाधानको प्रयास गरेको बताए ।

“हामीले सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने ?,” मन्त्री वाँस्कोटाले भने,“गुठी, हलिया, कमलरीले सामन्तवादको आर्थिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्छ ।” “किसानका भूमिसँगको समस्या समाधान गर्ने कि नगर्ने ?,” उनले भने, “भूमिहीन किसानको समस्या समाधान गर्ने कि नगर्ने ?” उनले गुठीको समस्या काठमाडौं उपत्यका र बाहिर फरक फरक रहेकाले सरकारले समाधान गर्ने बताए ।

उनले सरकार चोकै चोक रहेको विशाल राजमार्गमा हिँडेकाले कहिलेकाहीँ समस्या आउने बताए । “कानुन नभए बनेन भन्नुहुन्छ ?,” उनले भने, “यो परिवर्तन एकप्रकारको छलाङ पनि हो ।”