पृथ्वीसुब्बा गुरुङले दिए मुख्यमन्त्रीबाट राजीनामा - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

पृथ्वीसुब्बा गुरुङले दिए मुख्यमन्त्रीबाट राजीनामा



पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् ।

आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकपछि उनले राजिनामा बुझाएका हुन् ।

गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।