आज मुख्यमन्त्री गुरुङको पदको छिनोफानो - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

आज मुख्यमन्त्री गुरुङको पदको छिनोफानो



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आजको प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल हुँदैछ ।आज दिउँसो २ बजेबाट शुरु हुने गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल हुँन लागेकाे हाे ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । चालु संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए ।

गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाका अनुसार आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हाे ।

अविश्वासको प्रस्ताव टेवुल भएपछि सबै दलका नेताहरुले बोल्ने र दोस्रो दिन मुख्यमन्त्रीले जवाफ दिने उनले बताएका छन् । सम्भव भए मंगलबार नै अविश्वास प्रस्तावमा भोटिङ हुने छ ।

मुख्यमन्त्री गुरुङको विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) सहितका दलले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले हस्ताक्षर नगरे पनि प्रस्तावको समर्थन गरेको छ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रस्तावको पक्षमा बहुमत पु¥याउन ३१ मत ल्याउनु पर्छ ।