काठमाडौं हानिए मुख्यमन्त्री गुरुङ: माधव नेपालसँग पनि भेट गर्ने - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

काठमाडौं हानिए मुख्यमन्त्री गुरुङ: माधव नेपालसँग पनि भेट गर्ने



काठमाडौं- सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ एकाएक काठमाडौं हानिएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न काठमाडौं हानिएको बताइएको छ ।

उनी शुक्रबार काठमाडौं हिँडेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। उनले प्रधानमन्त्री ओलीसँगै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गर्ने जनाएको छ।

बिहीबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का २८ सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। जनमोर्चाले पनि त्यसमा सहमति जनाउँने भएको छ।

अविश्वास प्रस्ताव दर्ता हुने भएपछि उनले बुधबार राति नै संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गरेका थिए। उनको सिफारिशमा प्रदेश प्रमुखले संसद् अधिवेशन अन्त्य गरेका छन्। कांग्रेसलगायतका विपक्षी दलले विशेष अधिवेशनको माग गरेका छन्।

मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउँन तीन सांसद् आवश्यक रहेको छ। गण्डकी प्रदेशमा ६० सांसद छन्। सरकार निर्माण गर्न ३१ सांसद आवश्यक पर्छ।

अहिले एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्टिय जनमोर्चाका तीन र राप्रपाका दुई सांसद छन्।