महासचिवमा एकाएक देव गुरुङको इन्ट्री, प्रचण्डले गरे परामर्श - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

महासचिवमा एकाएक देव गुरुङको इन्ट्री, प्रचण्डले गरे परामर्श



काठमाडौं- नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सकिएलगत्तै नवनिर्वाचित केन्द्रीय कमिटिको बैठक बोलाएको छ । केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरिएको छ । माओवादीमा पेचिलो बनेको पदाधिकारी चयन झन् जटिल बन्दै गएको छ ।

अध्यक्षपछिको कार्यकारी पद महासचिवमा कसको अनुहार देख्न पाइएला भनेर सबैको ध्यान खिचेको छ । सुरुमा दुई जनाको घम्साघम्सी देखिएपनि अहिले भने पाँच जनाको लडाई हुने भएको छ ।

सुरुवातमा वर्षमान पुन र जनार्दन शर्माको प्रतिस्पर्धा देखिएपनि त्यसयता पम्फा बुसालाको पनि चर्चा भएको थियो । महाधिवेशनको बिचमा आईपुग्दा महासचिवको दौडमा शक्ति बस्नेत पनि थपिएका थिए । अहिले भने महासचिवमा एकाएक देव गुरुङको इन्ट्री भएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार प्रचण्डले निकै सोचविचार गरेर देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको बताएका छन् । यससँगै महासचिवमा बलियो दावेदार मानिएका वर्षमान पुन र जर्नादन शर्मामध्ये एकजना महासचिव बन्ने सम्भावना निकै न्युन बनेको छ ।

पार्टीका केहि नेताहरूसँग प्रचण्डले यसबारे परामर्श समेत गरेको खुलेको छ । परामर्शमा नेताहरूले वर्षमान र जनार्दनको तलसम्म गुट भएको र एकले अर्कालाई स्वीकार नगर्ने अवस्था देखिएकोले महासचिव जस्तो पदमा अन्य व्यक्तिलाई ल्याउन सुझाव दिएका थिए । ति नेताका अनुसार प्रचण्डले तेस्रो विकल्पमा जाने संकेत गरेका छन् ।

पुन र शर्माबाहेक महासचिवमा पम्फा भुसालको दाबी थियो । तर अब महासचिवमा देव गुरुङको सम्भावना बढी देखिएको छ । तुलनात्मक रूपमा गुरुङ वर्षमान र जनार्दन भन्दा गुरुङ कम अवसर पाउने नेतामा पर्छन ।