ओलीका साइबर सेनापति गुरु भट्टराईमाथि कानुनि उपचार खोजिँदै - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

ओलीका साइबर सेनापति गुरु भट्टराईमाथि कानुनि उपचार खोजिँदै



काठमाडौं- आफूलाई केपी शर्मा ओली समुहको साइबर सेनापति घोषणा गरेका नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईमाथि कानुनि कारबाही अगाडी बढ्ने भएको छ ।

ओली इतरका नेताहरूलाई गालीगलौज गर्ने र अपशब्द लेखेरै ओलीले रेलवे कम्पनीमा नियुक्ति गरेका भट्टराई निरन्तर नेताहरूको सत्तोसराप गर्न र खुइलाउन सक्रिय छन् । नेपाल सरकारको कर्मचारी भैसकेपछि पनि भट्टराईले आफ्नो पदीय मर्यादा भुलेर नेताहरूमाथि विभिन्न टिकाटिप्पणी गर्ने गरेका छन् ।

सामाजिक संजालमार्फत चरित्र हत्या गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल गुरु भट्टराईलगायत्माथि कानुनि कारबाही अगाडी बढेको बताएका छन्

सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने कुरा लेखेको भन्दै उनीहरूविरुद्ध कानुनी प्रक्रिया सुरु भइसकेको रिजालले लेखेका छन् ।

रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘व्यक्तिको चरित्र हत्या गरेबापत सरकारी नियुक्ति पाएका र यस्तै कुकर्म गर्ने जिम्मा पाएका गुरु भट्टराईलगायतका केही कायर साइबर स्यालहरू राजनीतिक विषय नपाएपछि कथा बुनेर सामाजिक सञ्जालमा मेराविरूद्ध आपराधिक रूपमा प्रस्तुत भएका छन्।’

चेतावनी दिँदै रिजालले लेखेका छन्, ‘यस्ता अपराधीहरूका विरूद्धमा कानुनी प्रक्रिया सुरु भइसकेको छ र यिनका यस्ता हर्कतले मलाई एकरति हतोत्साहित गर्न सक्ने छैन।’

रिजालले कानुनी प्रक्रिया अगाडी बढेको बताएपछि भट्टराईले हिम्मत भए आफूलाई निर्दोष साबित गर्न चतावनी दिएका छन् ।