गुरु भट्टराईले रेलवे कम्पनीबाट दिए राजीनामा - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

गुरु भट्टराईले रेलवे कम्पनीबाट दिए राजीनामा



काठमाडौं- सरकारको नाटकमा नफस्ने भन्दै नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् ।

तत्कालिन केपी ओली सरकारले नियुक्त गरेका भट्टराई सामाजिक संजालमा विवाद्त अभिव्यक्ति दिएर चर्चामा आउने गरेका थिए ।

गंगटे सरकारले गर्ने जनविरोधी कामहरूको सहयात्री बन्न नसक्ने भन्दै उनले नैतिक मूल्य र मान्यताका आधारमा राजीनामा दिएको बताएका छन् ।

उनले सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् ।

भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने बताएका छन् ।