‘गुण्डा नाइके’ चक्रे मिलनका 'राइट ह्याण्ड' पक्राउ - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

‘गुण्डा नाइके’ चक्रे मिलनका ‘राइट ह्याण्ड’ पक्राउ



‘गुण्डा नाइके’ चक्रे मिलन समूहका सदस्य आशिष गुरुङ पक्राउ परेका छन् ।

फसेको रकम उठाइदिने भन्दै पीडितको रकम लिएर बेपत्ता भएका गुरुङलाई प्रहरीले बिहिबार साँझ काठमाण्डुको लाजिम्पाटबाट पक्राउ गरेको हो । गुरुङले फसेको रकम उठाइदिने भन्दै सम्झना नकर्मीबाट ५० हजार लिएका थिए ।

प्रवक्ता थापाका अनुसार नकर्मीलाई कविता थापा, अनिता शाही, र बबिता शाक्यले ८ लाखको रकम नभएको चेक दिएका थिए । उक्त रकम उठाइदिने भन्दै गुरुङले रकम लिएपछि काम नगरेको भन्दै पीडितले उजुरी गरेपछि उनलाई पक्राउ गरिएको प्रवक्ता थापाले जनाए ।

गुरुङ महाराजगञ्ज क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।