पहिरोले गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

पहिरोले गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध



गुल्मी, १७ असोज ।

वर्षाका कारण पहिरो गएपछि गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध बनेको छ ।

रिडी–तम्घास सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–१५ स्थित दुविचौरको खहरे खोलामा आज बिहान सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बनेपछि सोमबार बिहानैदेखि सदरमुकाम तम्घासदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म आवतजावत गर्ने सयौँ सवारीसाधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।

सडक माथिबाट ठूलो पहिरो खसेका कारण अवरुद्ध सडक सुचारु गर्नका लागि डोजर प्रयोग गरिएको हुँदा सडक सुचारु हुनका लागि केही समय लाग्ने जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिए ।