गुल्मीमा मध्यराति पहिरो जाँदा जुम्ल्याहासहित तीन जनाको ज्यान गयो - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

गुल्मीमा मध्यराति पहिरो जाँदा जुम्ल्याहासहित तीन जनाको ज्यान गयो



फाइल तस्बिर

काठमाडौं- गुल्मीमा पहिरोले घर भत्काउँदा भित्र सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको छ।

गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ८ थुम्कामा तिलक परियारको घरमा पहिरो खस्दा कोठामा सुतिरहेका उनका छोरीहरू २१ वर्षीया भावना परियार र १४ वर्षका जुम्ल्याहा गंगा परियार र जमुना परियारको मृत्यु भएको हो।

राति १२ बजेतिर घरमाथिबाट पहिरो खसेर कोठा भत्किँदा भित्र सुतिरहेका चार दिदीबहिनीमध्ये जुम्ल्याहासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जनालाई भने हतारहतार तानेर बचाउन सफल भएको बताइएको छ।

प्रहरीका अनुसार पहिरोले पक्की घरको एउटा कोठा मात्र भत्काएको हो। उनीहरूका बुबाआमासहित घरका अन्य सदस्य भने सकुशल छन्।