गुल्मीको विभिन्न रमणीय ठाउँमा छायाङ्कन गरिएको पञ्चेबाजा गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

गुल्मीको विभिन्न रमणीय ठाउँमा छायाङ्कन गरिएको पञ्चेबाजा गीत बजारमा (भिडियो सहित)



मङ्सिर महिना लागे सँगै गुल्मेली कलाकारहरुकाे गुल्मीकै विभिन्न रमणीय ठाउँहरूमा छायाङ्कन गरिएको पञ्चेबाजा गीत बजारमा आएको छ । गुल्मी अर्जैका युवा पुष्कर पराजुलीको बिहेलाई प्रत्यक्ष रूपमा खिचिएको दृश्यले गीतलाई निकै आकर्षक बनेको छ ।

पञ्चेबाजा गीत पुष्पा पाण्डे पोखरेलको शब्द, जीवन गिरीको लय अनि देवी घर्ती, स्मृति शाही, किसान चन्द्र गौतम र जीवन गिरीको आवाजमा सजिएको छ ।गीतको दृश्य गुल्मी र काठमाडौँका आकर्षक ठाउँहरूमा बनाइएका छन् ।

नेपाली हास्य क्षेत्रमा लामो समयदेखि आफ्नो बेग्लै पहिचान बनाएका हास्य कलाकार यादव देवकोटा सरापे र मोडल बविता श्रेष्ठको अभिनयले पनि गीत झनै राम्रो बनेको छ ।

हमाल म्युजिकको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा आएको गतिको भिडियोमा निर्देशन कुमार केसी, सम्पादन सुजन शाही र छायाङ्कन महेश महराको रहेको छ ।