गुल्मीमा जीप दुर्घटना: पाँच जनाको घटनास्थलमै मृत्यु
काठमाडौं- गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ ।
हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा एक जना बेपत्ता छन् । गाडी चालक र सहचालक सकुसल भएको प्रहरीले जनाएको छ ।
यसबारे थप विवरण आउँन बाँकी रहेको छ।
फाइल तस्बिर