गुल्मीमा जिप दुर्घटना: २ को मृत्यु, ३ घाइते - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

गुल्मीमा जिप दुर्घटना: २ को मृत्यु, ३ घाइते



गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा २ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ। यो दुर्घटनामा अन्य ३ जना यात्रु घाइते भएका छन्।

मुसिकोट नगरपालिका वडा नं. ९ को दाङसिङबाट ददल्कातर्फ जाँदै गर्दा लु १ च ३५१४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नं. ९ का अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र अन्दाजी ४५ वर्षीया नाम नखुलेकी महिला रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरीले जनाएको छ ।

घाइतेहरुमा मुसिकोट नगरपालिका वडा नं. ७ का २४ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीया सोनिया बिक, २६ वर्षीया बिष्णु बिक रहेका छन्। घाइतेहरुको बाग्लुङस्थित हटियामा उपचार भइरहेको घलेले बताए। जिप चालक ज्ञानबहादुर बिक फरार रहेका छन्।

उनको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । फाइल तस्बिर