गुल्मीका छत्रकोट र गुल्मी दरबार गाउँपालिका पनि कांग्रेसले जित्यो
गुल्मीका तीनवटा स्थानीय तहमा कांग्रेस विजयी भएको छ । रेसुंगा नगरपालिकामा मेयर र उपमेयर जितेको कांग्रेसले छत्रकोट र गुल्मी दरबार गाउँपालिकामा पनि जित हात पारेको छ ।
छत्रकोटको अध्यक्षमा कांग्रेसका अनन्तराम पौडेल १,७४७ भोटका साथ निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका रामप्रसाद पाण्डेयले १,६९७ भोट पाए ।
उपाध्यक्षमा नेकपा एमालेकी सावित्रा ज्ञवाली १६८२ मतका साथ निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमोर्चाका गुमान सिंह पुन मगरले १,४९४ भोट पाएका छन् ।
यस्तै गुल्मी दरबारमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा सरोजकुमार थापा ५,०८५ भोटका साथ निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर भुसाल ४,३१६ भोट पाए ।
यस्तै उपाध्यक्षमा तारा थापा ढेगा ५,१६० भोटका साथ निर्वाचित भएकी छन् । उनका निकट्तम प्रतिस्पर्धी एमालेकी शुसिला पुनले ४,२४७ भोट पाइन् ।