गुल्मीका एक वडाध्यक्षले मोटरसाईकल चलाउन पनि ड्राईभर राखे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गुल्मीका एक वडाध्यक्षले मोटरसाईकल चलाउन पनि ड्राईभर राखे



गुल्मी  – राज्यका उच्च अहोदामा पुगेका नेता र अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन ।
तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् ।

उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन ।

गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले लु १ ब १४८० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका छन् ।

मोटरसाईकल चलाउन नजान्ने उनले रमेश घिमिरेलार्य चालक राखेका हुन् ।

जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला जनप्रतिनिधिले नै मोटरसाईकल चालक सम्म पनि भर्ना गरेपछि स्थानीयले आक्रोश ब्यक्त गरेका छन् ।

चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाईकलमा राखेर उनले भनेको ठाउँमा पुर्याउनु हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।