गुडिरहेको ट्रकमा अचानक आगलागी - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

गुडिरहेको ट्रकमा अचानक आगलागी



सिन्धुली : बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्ज्याँगमा गुडिरहेको ट्रकमा अचानक आगलागी भएको छ।

सिमेन्ट लिएर सिन्धुलीबाट रामेछापको मन्थली जाँदै गरेको बा.५.ख.३७३६ नम्बरको ट्रकमा बीपी राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका २ पिपलभञ्ज्याङमा अचानक आगलागी भएको हो। गुडि रहेको ट्रकमा आफै आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। पिपलभञ्ज्याङमा पुगेपछि ट्रकको पछाडीको टायरमा अचानक आगलागी भई ट्रकमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए।

आगलागीका कारण ट्रक र ट्रकको सामान गरी ३४ लाख मुल्य बराबरको क्षति भएको उनले जानकारी दिए। कमलामाई नगरापालिकाको दमकललको सहायताले बिहान १ बजे आगो नियन्त्रणमा आएको थियो। आगलागीको कारण नखुलेको र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।