गुडिरहेको बसमा एक्कासी आगो दन्कियो - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

गुडिरहेको बसमा एक्कासी आगो दन्कियो



काठमाडौं । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । आइतबार राति २ बजे गजुरीमा गुडिरहेको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

“गुडिरहेको बसमा अचानक आगलागी भयो । आगलागी सुरु भएपछि यात्रुलाई सुरक्षित तरिकाले बाहिर निकालियो । आगलागी भए पनि मानवीय क्षति भने हुन पाएन,” डीएसपी भण्डारीले भने, “यात्रुका लगेज पनि निकाल्न मिल्ने र सक्नेजति निकालियो । तर, डिकीमा राखिएका लगेज भने निकाल्न सकिएन ।”

वाइरिङ सट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । बसको अधिकांश भाग जलेको छ ।

सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा लागलागी भएको हो ।