गृहमन्त्रीलाई कांग्रेस सांसद संग्रौलाको प्रश्न– निर्मला पन्तका हत्यारा सिंहदरबारमा छन् कि बालुवाटारमा ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गृहमन्त्रीलाई कांग्रेस सांसद संग्रौलाको प्रश्न– निर्मला पन्तका हत्यारा सिंहदरबारमा छन् कि बालुवाटारमा ?



काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिनिधि सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सांसद डिला पन्त संग्रौलाले सोधेकी छन्– निर्मला पन्तका हत्यारा सिंहदरबारमा छन् कि बालुवाटारमा ?

गृहमन्त्री थापाले उक्त विषयमा जवाफ फर्काउँदै भने,‘यो जघन्य अपराध हो, अपराधी सिंहदरबार वा बालुवाटारमा होइन, जहाँ भए पनि चाँडो भन्दा चाँडो पक्राउ हुन्छन् ।’

जवाफ दिने क्रममा सांसद डिलाको प्रश्न अलिक भावुक भएको बताएका उनले सांसद दिलेन्द्रप्रसाद बडुले सोधेको प्रश्नमा भने,‘आन्दोलन र अनशनमा बस्ने मान्छेलाई गृह मन्त्रालयले धम्क्याएको भन्ने आरोप निराधार हो । कुनै जानकारी छैन ।’