गृहमन्त्री थापाको पहलमा गम्भीर अवस्थामा रहेका बिरामीको हेलिहप्टरबाट उद्धार - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

गृहमन्त्री थापाको पहलमा गम्भीर अवस्थामा रहेका बिरामीको हेलिहप्टरबाट उद्धार



काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पहलमा भिरबाट लडेर गम्भीर अवस्थामा रहेका एक बिरामीको हेलिहप्टरबाट उद्धार गरिएको छ।

हुम्ला जिल्लाको चंखेली ६ का अजयवीर बुढाकी ६ वर्षीया छोरी नम्रता बुढाको गृहमन्त्रीको पहलमा पठाइएको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

मंगलबार भिरबाट लडेर नम्रता घाइते भएकी थिइन्। उनको अवस्था गम्भीर थियो । तर जिल्लामा उपचार सम्भव भएन । गृहमन्त्री थापाले यसबारेमा जानकारी पाए लगत्तै बुधबार नै नम्रतालाई सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको थियो । अ

अहिले विरामी नम्रताको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।