सरुवाको सूची गृहमन्त्रीका पीएले किन पठाउँछन् ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सरुवाको सूची गृहमन्त्रीका पीएले किन पठाउँछन् ?



काठमाडौं-

गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीको सरुवा बढुवामा आफूले कुनै हस्तक्षेप नगर्ने घोषणा गरेको दुइृ महिना बित्न नपाउँदै सरुवाका लागि लामो सूची प्रहरी मुख्यालय पुगेको छ ।

गृहमन्त्रीका स्वकीय सचिव गोपाल शर्मा र पीएसओका रुपमा कार्यरत प्रहरी अधिकृतको टोलीले तीन हजार जनाको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा पठाएको छ ।

हरेक आउने नयाँ मन्त्री सरुवाको सूची पठाउने गरेको भए पनि यसपटक भने मन्त्रीको सचिवालयबाट तीन हजार जना सिपाही र हवल्दारको सरुवाको सूची प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा पुगेको छ ।