फणीन्द्रलाई हटाएर प्रदीपलाई गृह प्रवक्ताको जिम्मेवारी
काठमाडौं- गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेललाई हटाइएको छ । पोखरेलको स्थानमा मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव प्रदीपकुमार कोइरालालाई ल्याएर उनलाई हटाइएको छ ।
पोखरेललाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएपछि प्रवक्ताको जिम्मेवारी कोइरालालाई दिइएको हो । गृह मन्त्रालय स्रोतका अनुसार अहिले प्रवक्ताको जिम्मेवारीमा रहेका पोखरेल विशेष कामले अमेरिका प्रस्थान गरेपछि प्रवक्ताको जिम्मेवारी कोइरालाले पाएका छन् ।
सहसचिव कोइरालाले सोमबारबाटै प्रवक्ताको जिम्मेवारी सम्हालेका गृह मन्त्रालयले जनाएको छ ।