गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताका शपथ खुवाएकी हुन्।

नेपाली कांग्रेसबाट खाँड र कार्की तथा नेकपा (माओवादी केन्द्र)बाट भुसाल र शर्मा सरकारमा सहभागी भएका हुन्।