ग्रेटा थनवर्गविरुद्ध उजुरी, इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

ग्रेटा थनवर्गविरुद्ध उजुरी, इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी



एजेन्सी- दिल्ली प्रहरीले जलवायु अभियन्ता ग्रेटा थनवर्गविरुद्ध मुद्दा दर्ता गरेको छ । ग्रेटाले अफवाह फैलिएको भन्दै दिल्ली प्रहरीले एफआइआर दर्ता गरेको हो ।

विश्वचर्चित जलवायु अभियन्ता ग्रेटाले बुधबार किसान आन्दोलनप्रति समर्थन गर्दै भारतीय सरकारविरुद्ध आन्दोलनमा उत्रन ट्वीटमार्फत आग्रह गरेकी थिइन् ।

प्रहरीले एफआइआरमा उनलाई भारतविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएको छ । ग्रेटाले दिल्लीमा आन्दोलन चर्काउन ट्वीट गरेकी थिइन् तर केही छिनमै डिलिट गरेकी थिइन् ।

भारतीय संचारमाध्यमले उक्त ट्वीटलाई भाइरल बनाएका थिए । साथै अभियोग पत्रमा उनलाई भारतमा सहिष्णुता भड्काउने, अफवाह फैलाउने कार्य गरेको आरोप लगाइएको छ ।

ग्रेटासहित पपस्टार रिहाना र पोर्नस्टार मिया खलिफा पनि समर्थन गर्दै ट्वीट गरेका थिए । दिल्ली प्रहरीले मुद्दा दर्ता गरेपछि भारतले इन्टरपोलमार्फत ग्रेटालाई पक्राउ गर्ने तयारी गरेको छ ।

१८ वर्षे स्वीडीस अभियन्ता थनवर्ग जलवायु परिवर्तनविरुद्धको आन्दोलनमा सक्रिय छिन् । भारतमा कृषि कानुनको विरोध गर्दै किसानहरु केही महिनादेखि दिल्ली केन्द्रित आन्दोलनमा सक्रिय छन् ।

उनीहरुले मोदी सरकारले ल्याएको कृषि कानुनले नीजि कम्पनी र बिचौलियालाई फाइदा पुग्ने भन्दै खारेजीको माग गरेका छन् ।