ग्रिन-टी : यस्ता छन आश्चर्यजनक दर्जनौं फाइदा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ग्रिन-टी : यस्ता छन आश्चर्यजनक दर्जनौं फाइदा



काठमाडौं । स्वास्थ्यवर्धक पेय पदार्थ रुपमा ‘ग्रिन–टी’लाई लिइन्छ । एन्टिअक्सिडेन्ट र न्युट्रियन्ट्सयुक्त ग्रिन टी स्वास्थ्यको लागि निकै फाइदाजनक छ । मस्तिष्क विकास, वजन घटाउन, क्यान्सरको जोखिम न्यून गर्ने जस्ता गुण भएको ग्रिन टीको प्रचलन आजभोलि लोकप्रिय बन्दै गएको छ ।

यस्ता छन्, ‘ग्रिन–टी’का फाइदाहरु

  • – ग्रिन टी सेवनले बिभिन्न रोगसंग लड्ने क्षमता विकास गर्छ । जापानमा ६५ देखि ८४ वर्षका मानिसमा गरिएको एक अध्ययनमा ग्रिन टी पिउने मानिसहरु बढी बाँचेको पाइयो । ६ वर्ष लगाएर गरिएको उक्त अध्ययनमा ग्रिन टी पिउनेहरुको मृत्युदर ७६ प्रतिशत न्यून रहेको थियो । यसबाट ग्रिन टी पिउनेहरु दिर्घायू हुने विश्वास गरिन्छ ।
  • – यसमा भएको फ्लाभोनोइड्स र क्याटेचिन्सयुक्त पोलिफेनोलले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट पैदा हुन्छ । यसले शरीरका कोषहरुलाई क्षति हुनबाट जोगाउँछ । जसले चाँडै बुढ्यौली लाग्नबाट जोगाउँछ ।
  • – ग्रिन टीलाई फ्याट बर्निङ सप्लिमेन्टको रुपमा लिइन्छ । यसको नियमित सेवनले मेटाबोलिक दरमा सुधार ल्याउँछ र मोटोपना घटाउन मद्दत पुग्छ ।
  • – ग्रिन टीको सेवनले मुख्यतः स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, कोलोरेक्टल क्यान्सर लगायत अरु क्यान्सरको जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउने एक अध्ययनले देखाएको छ। ग्रिन टी पिउने महिलाहरुमा स्तन क्यान्सर हुने संभावना २२ प्रतिशतले कम हुने अध्ययनले देखाएको छ ।
  • – ग्रिन टीमा क्याफिन हुन्छ । कफीमा हुने जतिमात्रामा धेरै क्याफिन नभएपनि यसमा भएको क्याफिनले शरीरलाई चुस्त राख्न मद्दत गर्छ। ग्रिन टीमा भएको एमिनो एसिड एलथिएनिनले मस्तिष्कमा हुने रक्त प्रवाहमा आउनसक्ने अवरोधलाई न्यून गर्दछ।
  • – ग्रिन टीमा हुने वायोएक्टिभ कम्पाउण्डले न्यूरोनमा बिभिन्न प्रतिरोधात्मक प्रभावहरु सिर्जना गर्छ। यसले बुढेसकालमा हुने अल्जाइमर र पार्किन्सन जस्ता न्यूरोडिजेनेटीभ डिसर्डरको जोखिम घटाउँछ ।
  • – ग्रिन टीमा यस्तो तत्व पाइन्छ जसले दाँतमा हुने ब्याक्टेरियालाई मार्न सहयोग पुर्याउँछ। यसले मुखको तथा दाँतको स्वास्थ्यलाई राम्रो बनाउन सघाउँछ । यसका साथै दाँतमा हुने इन्फेक्सनलाई पनि कम गर्छ। मुखमा हुने हानिकारक किटाणुलाई कम गरी मुखको दुर्गन्ध हटाउन पनि मद्दत गर्छ ।