ग्रेटर नेपाल फिर्ता ल्याउन संसदमै उठ्यो आवाज - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ग्रेटर नेपाल फिर्ता ल्याउन संसदमै उठ्यो आवाज



काठमाडौँ –काठमाडौं- संघीय संसदको प्रतिनिधिसभामा ग्रेटर नेपालको माग उठेको छ। सांसद रेणुका गुरुङले पूर्वको टिस्टादेखि पश्चिम काँगडासम्मको भूभाग फिर्ता ल्याउनुपर्ने माग उठाएकी हुन्।

समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले ग्रेटर नेपाल फिर्ता ल्याउन बेलायती महारानी एलिजावेथलाई निवेदन दिन माग गरेकी छिन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गुरुङले गुगौली सन्धि भारतसँग नभइ बेलायतसँग भएकाले उससँग कुरा गरेर ग्रेटर नेपालको भूमी फिर्ता ल्याउनुपर्ने बताएकी हुन्।

उनले संसदमा भनिन्, ‘सुगौली सन्धिपछि नेपालको भूभाग मेची महाकाली निर्धारण भयो। त्यो सन्धि भातरसँग होइन बेलायतसँग भएको हो। बेलायतले भारत छाडेर जाने बेला लर्ड माउण्ट मेटनले हाम्रा प्रधानमन्त्री मोहन शमशेरलाई निवेदन दिन भने पनि दिएनन्, अब सरकारले महाराजनीलाई निवेदन दिनुपर्छ।’

उनले तत्काल राणा सरकारले गरेको गल्तीलाई अहिले सच्याउनु पर्ने बताइन्।