ओलीलाई सरकारको जवाफ: तीन वर्षको कार्यकालमा के गरियो ? - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

ओलीलाई सरकारको जवाफ: तीन वर्षको कार्यकालमा के गरियो ?



काठमाडौं । सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै तीन वर्षको आफ्नो कार्यकालको समीक्षा गर्न सुझाएको छ ।

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा जनताले मूल्यांकन गर्ने बताएका हुन् ।

“तीन वर्षमा उहाँले मुलुकलाई कुन तहमा धकेल्नुभएको थियो,” पत्रकारको प्रश्नपछि प्रवक्ता कार्कीले भने, “आगामी निर्वाचनमा जनताले मूल्यांकन गर्नैछन् । उहाँको सरकार असफल भएरै यो सरकार आएको हो । यो सरकारले आशा जगाएको छ ।”