विवादित सङ्घीय निजामती सेवा विधेयक फिर्ता लिने सरकारको निर्णय
काठमाडौँ- सरकारले सङ्घीय निजामती सेवा विधेयक फिर्ता लिने निर्णय गरेको छ । संसदमा पेस भैसकेको निजामति सेवा विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।
बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवा विधेयक फिर्ता लिने निर्णय गरेको बताइएको छ । सरकारले सङ्घीय निजामती सेवा अध्यादेश ल्याउने तयारी गरेपछि फिर्ता लिने निर्णय गरिएको स्रोतले बतायो ।
धेरै पहिले संसदमा पेस गरिएको विधेयकमा कतिपय विषयहरू विवादित भएको भन्दै सरकार बनेलगत्तै फिर्ता लिने तयारी गरिएको थियो । डेढ वर्षदेखि संसदमा रोकिएको सङ्घीय निजामती सेवा विधेयकबारे राज्य व्यवस्था समितिमा छलफल भएको थियो ।