डा.गोविन्द केसीमा कुनै स्वार्थ छैन,उनी एक किसिमका जोगी जस्तै हुन्:भट्टराई (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

डा.गोविन्द केसीमा कुनै स्वार्थ छैन,उनी एक किसिमका जोगी जस्तै हुन्:भट्टराई (भिडियो सहित)



विसौं शताब्दीमा पनि नेपाल किन यति गरिब छ भनेर आफैसँग प्रश्न गर्दैं २०३५-३६ बाट राजनीति शुरु गरेको थिए।त्यसपछि नेपालमा राजतन्त्रको अन्त्य गर्दैं गणतन्त्रको स्थापना र संविधान सभाबाट संविधान बनायौं। नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा भुषण दाहालसँग कुराकानी गर्दैं आफ्ना विगतका दिनहरु सम्झिए।

४० बर्ष पहिलाको विकाश र समृद्धिको परिकल्पना पुरा हुन बाँकी छ अब त्यसलाई पुरा गर्न आन्दोलनमुखी राजनिती नभई निर्माणमुखी राजनिती गर्नपर्छ भनेर नयाँ शक्ति पार्टी स्थापना गरेको बताउँदै नयाँ शक्ति विरुवा भएको र यो हुर्केर ठूलो वृक्ष बन्ने अठोट बाबुरामले व्यक्त गरे।

देशलाई छोटो समयमा समृद्धिको दिशामा लैजाने दृढताका साथ नयाँ शक्ति पार्टीको स्थापना गरेको र त्यसमा आफू कहिँकतै विचलन नभएको भट्टराई बताउछन्।

बाबुराम अगाडि भन्छन्- नयाँ शक्ति पार्टीलाई अलोकतान्त्रिक र षडयन्त्रमुलक ढंगले चुनाव चिन्ह लिएर चुनाव लड्न नदिएपछि चुनाब अघि बाम गठबन्धनसँग मिल्न गएको र त्यसले पार्टीलाई नोक्सान पनि गरेको तर नेपाललाई समृद्ध बनाएरै छोड्ने आफ्नो अडानबाट हटेको छैन।

देशलाई विकाश र समृद्धिको दिशामा लाने भिजन प्रस्तुत गर्न सक्ने नेतृत्व पहिलो चरणमा पृथ्वीनारायण शाहले भौगोलीक एकिकरणको क्रममा देखाए र दोस्रो चरणमा विपी कोइरालाले देखाए र तेस्रो चरणमा नयाँ विचार दिनसक्ने भूराजनितीको सन्तुलन मिलाउन सक्ने,विविधताको सम्बोधन गर्न सक्ने र तिन करोड नेपालीलाई एकजुट बनाएर युरोप र अमेरिकामा जस्तो औधोगिक क्रान्ति गरेर विकास र समृद्धिमा लैजान सक्ने नेताको अभाव छ।

औपचारिक ढंगले संविधानसभाबाट संविधान ल्याएपनि राज्यका विभिन्न अंगहरु रुपान्तारण नभएको र पुरानै हिसाबले चलिरहेका छन्।यसो हुनुमा यथास्थितीवादी राजनीतिक दलहरुको हात रहेको छ।जसरी हुन्छ सत्तामा जाने र राज्यसत्तामा गएपछि आफू र आफ्नो आसेपासेलाई धनी र समृद्ध बनाउ भनेर लागेका भट्टराईले आरोप लगाए।

चुनाबमा लागेको ऋण अझैँसम्म तिर्न नसकेको तर आफ्ना प्रतिस्पर्धीले आफ्नो भन्दा दशौं गुणा बढि चुनावमा खर्च गरेको भट्टराई बताउछन्।तिनैका विरुद्ध गोविन्द केसीले आन्दोलन गरेका हुन्।

बेथिती र भ्रष्टचारको दलदलको बारेमा अरु कोहि बोल्न नसकेको अवस्थामा गोविन्द केसीले बोलेका छन्। गोविन्द केसीको कुनै स्वार्थ छैन,उनी एक किसिमका जोगी जस्तै हुन्,उनले सहि मुद्धा उठाइरहेका छन्।

विवेकशील साझा लगायत अन्य वैकल्पिक राजनितीक शक्तिहरु र नयाँ शक्ति एकै ठाउँमा आउनुपर्ने भट्टराईको भनाई छ।

हेर्नुहोस् फायर साइडमा भट्टराईसँगको कुराकानी