डा. गोविन्द केसी अस्पताल भर्ना - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

डा. गोविन्द केसी अस्पताल भर्ना



इलाम । स्वास्थ्य अवस्थामा खराबी देखिएपछि इलाममा ६ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।

डा. केसीको छाती र फोक्सोमा संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उहाँलाई जिल्ला अस्पतालको बहिरंग विभागमा राखेर उपचार भइरहेको छ ।

आइतबार गरिएको स्वास्थ्य परीक्षणमा केसीको शरीरमा ग्लुकोजको मात्रा घटेको र मुटुको चाल अनियन्त्रित भएको बताइएको थियो ।