जुम्लामा १५ अाैं अनशन बस्दै डा. गाेविन्द केसी !

आजबाट डा. गाेविन्द केसीले १५ अाैं अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्न माग गर्दै डा. केसी अनशन बस्न लागेका हुन् ।
यसपटक डा. केसीकाे अनशन स्थल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेकाे छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले भने उनलार्इ अनशन बस्न रोक लगाएको छ । शुक्रबारबाट नै अनशन सुरू गर्ने तयारीमा रहेका उनी बाटोमा समस्या भएका कारण शनिबारका लागि मिति सारेका हुन् ।
चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म विपरित ल्याउन लागेकाे भन्दै त्यसो गर्न नदिन उनी अनशन बस्न लागेकाे विज्ञप्तिमा उल्लेख छ ।

