मर्जरको विवरण पेश गर्न गभर्नरको १५ दिने अल्टिमेटम - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

मर्जरको विवरण पेश गर्न गभर्नरको १५ दिने अल्टिमेटम



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मर्जर गर्ने प्रतिवद्धता पेश गर्न निर्देशन दिएका छन् । बिहिबार छलफल गर्दै उनले बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई यस्तो निर्देशन निर्देशन दिएका छन् ।

१५ दिनभित्रै मर्जरको प्रतिवद्धता गर्न छलफलका लागि उपस्थित भएका बैंकका अध्यक्ष र सीईओहरुलाई गभर्नर नेपालले निर्देशन दिंदै भने तपाईंहरूलाई १५ दिनको समय छ ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल गर्न भन्दै २८ वटै वाणिज्य बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएको थियो । छलफलमा बोल्दै गभर्नर नेपालले आगामी २७ गते मौद्रिक नीति आउने समेत जानकारी दिए ।

उनले २७ गते मौद्रिक नीति आउने भन्दै त्यो भन्दा अघि नै मर्जरका लागि प्रतिवद्धता पेश गर्न भनेका छन् ।

‘तपाईहरुलाई मैले विगतमा पनि भन्दै आएको छु’ मर्जरका लागि तयार हुनुहोस्’ गभर्नर नेपालको भनाईलाई उदृत गर्दै एक बैंकका अध्यक्षले भने, ‘अब मौद्रिक नीति आउन १५ दिन बाँकी छ, १५ दिनभित्र को–को कुन–कुनमा मर्ज हुने हो विचार गरिहाल्नुस् ।’