निलम्बित गभर्नरको मुद्दा: सर्वोच्च अदालतमा बहस सकियो - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

निलम्बित गभर्नरको मुद्दा: सर्वोच्च अदालतमा बहस सकियो



काठमाडौं- आफूमाथि छानबिनका लागि समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएको छ।

अधिकारीले दायर गरेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश हरि फुयाँलको इजलासमा बहस भएको थियो।

राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाल, शतिसकृष्ण खरेल, सुशील पन्त, टिकाराम भट्टराई लगायतका कानुन व्यवसायीले बहसमा भाग लिएका थिए।

बहस सकिएसँगै आजै आदेश जारी गर्न सक्ने सम्भावना रहेको सर्वोच्च स्रोतको भनाइ छ।

बहसमा भाग लिँदै अधिकारी पक्षका कानुन व्यवसायीहरुले अनुहानर मन नपरेकै भरमा गभर्नर हटाउन नसकिने बताएका थिए।