गोरखा चुनावी महासंग्राम र गोरखालीले बुझ्नुपर्ने कुरा
-गोकुल भुजेल
गोरखामा २ मा नारायणकाजीको जित वा हारले एउटा सीट कम होला तर राष्ट्रिय राजनीतिमा खासै फरक पर्दैन तर बाबुरामले हार्नु हुँदैन किनकि बाबुरामको हारले गोरखाको समृद्धिमा बिराम लाग्न सक्छ । नारायणकाजीले यो भन्दा पहिले पनि हारेकै हुन् यसको मतलब नारायणकाजीले फेरि पनि हार्नुपर्छ भन्ने हाम्रो मनसाय चाहिँ पक्कै होइन तर जानीजानी राष्ट्रिय स्तरका शीर्ष नेतृत्वलाई एउटै सिटमा भिडाउनु ठुलै षड्यन्त्र हुनबाट इन्कार गर्न पनि सकिन्न । त्यो भन्दा पहिले समानुपातिक तर्फबाट सभासद् भएका थिए, अहिले समानुपातिकमा बस्न वा अन्यत्रबाट लड्न मिल्दैन थियो ?
अहिले गोरखानै चाहिने कारण केहो ? वाम गठबन्धनका नाउँमा बाबुरामलाई निषेध गरेर बाबुराम मात्रै होइन वाम गठबन्धन पनि कम्जोर भएको कुरा किन स्विकार्दैनन ? हुन त गोरखा नारायणकाजी बाबुराम या जोकसैको पनि बिर्ता त होइन तर बाबुरामले लगातार गोरखाबाटै चुनाव लडेर जितेका पनि हुननी त ! यो ध्रुव सत्यलाई कसरी नकार्न सकिन्छ ?
अहिले निषेध गर्नुको कारण गोरखाको विकास र समृद्धि रोक्नलाई,नै हो भनेर किन नभन्ने ? यदि नारायणकाजीले पनि गोरखाको सही अर्थमा विकास र समृद्धि चाहन्थे भने सभासद् मन्त्री उपप्रधानमन्त्री सम्म नारायणकाजी पनि भएकै थिए त त्यसबेलामा के कति विकास निर्माणका योजना पार्नसके त ? यदि उनी पनि गोरखा वासी थिए भने उनलाई गोरखाको विकास गर्न कसले रोकेको थियो ?
बाबुरामले आफूले आफू छोटो अवधिको अर्थमन्त्री हुँदा वा लङ्गडो सरकारको प्रतिनिधित्व गरेर पनि धेरै काम गरे र धेरै योजनाहरू पारे र विकसित गोरखाको सुरुवात गरे जसमध्ये धेरै पुरा पनि भए र धेरै काम चलिरहेका पनि छन् गोरखा धादिङ जोड्ने बुढीगण्डकीको बेनीघाट बुंकोट्घाट आरुघाट्का गरी ३ वटा पक्की पुलको योजना कसले पार्यो ?
दरौंदी मर्स्यांदी चेपेका लगायतका नदीका पक्की पुलहरुको योजना गाउँ गाउँमा ग्रामीण सडकहरु कसले पार्यो ? राष्ट्रिय गौरवका आयोजना मध्य पहाडी पुष्पलाल लोकमार्ग र बहुउद्देश्यीय बुढीगण्डकी जलाशय युक्त परियोजना कसले पार्यो ? बेनीघाट आरुघाट आर्खेत हुँदै लार्के तिब्बत जोड्ने सम्मको मोटरबाटो कसले कसका पालामा अगाडि बढायो ? अबको बाबुरामको जितले समृद्ध नेपालको बिजारोपणको सुरुवात गोरखाबाटै हुनेछ, अन्यथा गोरखाको विकास र समृद्धि पनि धरापमा पर्नेछ।