कोरोना फैलाएको भनिएको वुहानको ल्यावसँग अमेरिकी गोप्य कनेक्शन - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

कोरोना फैलाएको भनिएको वुहानको ल्यावसँग अमेरिकी गोप्य कनेक्शन



एजेन्सी- कोरोना भाइरस सबैभन्दा पहिला चीनको बुहान शहरमा देखा परेको थियो । चीनमा देखिएको केही महिनामा नै विश्वभर यो भाइरसले ताण्डव मच्चाइरहेको छ ।

यो भाइरसलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप पनि उत्तिकै चल्यो । यो भाइरस सुरुमा चमेरामा फेला परेको खबर बाहिर आयो ।

त्यसपछि चीनको उक ल्यावलाई लिएर गम्भीर प्रश्न समेत उठ्यो । कारण उक्त ल्यावमा जंगली जीवहरु उक्त मार्केटदेखि केही पर रहेको छ ।

यसले अध्ययनका क्रममा भाइरस फैलाएको आरोप समेत लाग्यो । यो ल्यावमा अमेरिकाको कनेक्सन रहेको खुलासा भएको छ ।

डेलीमेलको रिपोर्ट अनुसार केही दस्ताबेजहरु फेला पारिएका छन् जसले अमेरिका सरकारले भाइरस परीक्षण गर्ने वुहान ल्यावलाई २८ करोड सहयोग गरेको थियो ।

यो रकम बितेका केही वर्षहरुमा दिदै आइरहेको बताइएको छ । यसको खुलासा अमेरिकाकै एक नेताले गरेका हुन् ।

केही विश्लेषकहरुले वुहानमाथि प्रश्न खडा गर्दै उनीहरुले चमेराको परीक्षण गर्दा भाइरस लिक भएर फैलिएको बताएका थिए । वुहान इन्स्च्यिुट अफ भाइरोलोजीले यो लिक गरेको हुनसक्ने उनीहरुको आशंका रहेको छ ।

अमेरिकाले चीनको उक्त ल्यावमा दिएको फण्डमाथि पनि प्रश्न उठाएका छन् । अमेरिकी नेताहरुका अनुसार जीवमाथि हुने हिंस्रक परीक्षणका लागि यो फण्ड दिदै आइरहेको छ ।

उनीहरुका अनुसार विश्वभर कोरोना भाइरस फैलाउने चीनको उक्त ल्यावलाई अमेरिकाले फण्ड दिएको भन्दा जोकोही आश्चर्य चकित पर्छन् ।