प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त - Himal Post Himal Post
  • १० फाल्गुन २०८१, शनिबार
  •      Sat Feb 22 2025
Logo

प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

न्याय परिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका कारण दमा नरहेको उल्लेख छ । पराजुलीले ३१ साउनमै ६५ वर्ष उमेर पुरा गरेको परिषद्ले जनाएको छ ।

परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । परिषद्को सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख गरिएको छ ।

पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’

क धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’