गोंगबुमा गोली चल्यो एक जना घाईते ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गोंगबुमा गोली चल्यो एक जना घाईते !



काठमाडौं । प्रहरीले संदिग्ध व्यक्ति खोज्ने क्रममा काठमाडौंको गोंगबुमा गोली चलाएको छ । मित्रनगरस्थित होटल लक पुगेको प्रहरीले गोली चलाउँदा एक व्यक्ति घाइते भएका छन् ।

प्रहरीका अनुसार, गेष्ट हाउसमा रहेका काभ्रेका अभिलास तामाङले प्रहरीलाई गोली चलाएपछि जवाफी फायरिङ गर्दा तामाङ घाइते भएका हुन् । देब्रे खुट्टामा गोली लागेर घाइते तामाङको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

सूचना पाएर प्रहरी पुग्दा तामाङले गोली हानेका हुन् । होटलको कोठा नम्बर १०४ मा यो घटना भएको हो । तामाङका साथबाट प्रहरीले एक थान पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको छ ।