गोलीकाण्डबारे नेकपाले मुख खोल्यो
कार्तिक १२ गते सर्लाहीको रामनगरमा भएको गोली काण्डमा आफ्नो कुनै संलग्नता नरहेको नेकपाले प्रस्ट पारेको छ ।
नेपाल कम्युनिष्ट पार्टी(ने क पा)सर्लाहीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनामा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप भएको भन्ने समाचार नै आधारहीन दाबी गरेको छ ।
नेकपाका नेता रेवती पन्तद्धारा जारी विज्ञप्तिमा घटनाबारे सत्यतथ्य बुझि निश्पक्ष छानविन गर्न केन्द्रबाटै छानविन समिति गठन गर्न पनि माग गरिएको छ ।