पूर्वमा गोली हान्ने आपराधिक समूह सक्रिय
१९ कात्तिक, काठमाडौं । पूर्वाञ्चलमा व्यक्ति हत्या गर्ने हतियारधारी समूह परिचालन गर्ने गरेको पाइएकोछ ।
सुरुमा सगोलमा व्यपार व्यवसाय सञ्चालन गर्ने र आर्थिक लेनदेनमा मनमुटाव भएपछि हतियारधारी समूहलाई सूपारी दिएर साथीको हत्नया गर्न लगाउने गरेको पाइएको हो ।
सुनसरीको तरहरास्थित भोजपुरे लजमा मंगलबार धनकुटाका तोरणबहादुर पौडेल र लजका सञ्चालक जंग राई तथा असोजमा भोजपुरका प्रकाश खत्रीमाथि प्रहार भएको गोली काण्डको घटनामा हतियारधारी समूहले सुपारी लिएर ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहार गरेको खुलासा भएको आजको अन्नपूर्णमा समाचार छ ।
भोजपुरे लजमा तीन महिनादेखि बस्दै आएका धनकुटाको चानुवा गाविसका पौडेल र लज सञ्चालक राईमाथि हतियारधारी समूहले ज्यान मार्ने उदेश्यका साथ गोली प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।