गोली प्रहार हुँदा ३ जनाको मृत्यु - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

गोली प्रहार हुँदा ३ जनाको मृत्यु



मेक्सिकोमा शनिबार विहान अन्दाधुन्दा गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।

बीबीसीका अनुसार राजधानी मेक्सिको सिटीस्थित प्लाजा गारिबाल्डी नजिक ‘मारियाची बार’मा परम्परागत संगीतकारको भोषमा रहेका एक संदिग्ध व्यक्तिले अन्दाधुन्दा गोली प्रहार गरेका थिए।

त्यसपछि उनी मोटर साइकलको साहारामा भागेका थिए। ती व्यक्ति को हुन् भन्ने अहिलेसम्म पहिचान खुल्न सकेको छैन। मेक्सिकोमा विभिन्न स्थान लागुऔषध व्यापारी, माफिया, गुण्डाको अखडा बनेको छ।

हिंस्रक गतिविधिपछि गत महिनामात्र विभिन्न गुण्डा समूहका नाइकेहरु पक्राउ गरिएको थियो। सन् २०१४ यता विभिन्न समयमा गोलीकाण्डका घटना बढेको बताइएको छ।

सन् २००६ यता २ लाख भन्दाबढी मानिसहरुको मृत्युु भइसकेको छ। गतवर्ष विभिन्न आक्रमणमा २५ हजार नागरिहरु मारिएका थिए।